Search This Blog

Tuesday, August 12, 2014

कबिता-तिज बिशेष-२

यसपालीको  तिजमा हेर मैले पनि गीत  गाएँ
छम्म छम्म नाच्ने संग अजम्बरी  मित लाएँ।

सोच्या जस्तै भन्या जस्तै रातो साडी पैरिएकी
तिल्लरी र चुरा पोते लाउने संग प्रित लाएँ। 

मादलु र सारंगीमा दोहोरीको रंग भर्दै
तिजको भाकासंगै उनको मुटु माँझ जित छाएँ।

चेलीमाईती एउटै घरमा खिर दर पकाएर
संगै बसी मिठो चाम्रे खाजा उनि सित खाँए।

छड्के तिल्लरीमा सजि'एर नाँच्ने आँगनीमा
सासु बुहारीलाई गास्ने कस्तो राम्रो रित पाएँ।
टेक भण्डारी 
एडिलेड,साउथ अस्ट्रेलिया 


No comments:

Post a Comment

have a nice day