रातो साडी लागाउँदैमा तिज रमाएन
बिदेशी गल्लीका शहरहरुमा
किन की .......
आलो खुनसरी आँशुका धारा बगाउँदै
कति चेलिहरु गलिरहेछन काला कोठिहरुमा
सुनौलो बिहानीको आश गर्दै
काला बन्द ति अपरिचित महलहरुमा ।
कतिका आत्मा पलपल टुक्रिरहेछन
बेईमानी र पाखण्डिहरुका जालमा परेर
कस्दै र फुकाउँदै होलान डोरिका गाँठाहरु
मध्यरातको अनुकूल मौका हेरेर
अनि सपनीमा तिजका भाका सम्झँदै
गाउँधरका साथी संगीहरू सम्झेर ।
आत्मा बचाउका चर्का नारा लगाउँदै
आघारातमा चिचच्याउँदै होलान चेलिहरु
अनि सरीरका निला डामहरु सुमसुम्याउँदै
दर्दनाक जिन्दगी बिताउँदै होलान चेलिहरु
गाउँधरका आँगनामा आजको तिज सम्झँदै
आँशुमै मनका ब्यथा पाेख्दै होलान चेलिहरु ।
त्यसैले ........
याद गर ! आत्मासाथ गर चोलीका पिडाहरुलाई
मलम पट्टीबिना छटपटाईरहेका चेलिहरुलाई
चट्ट भूलेर गाउँधरमा धमाल नगर
बेईमानीका जालमा फँसेका चेलिहरुलाई
चट्ट भूलेर शहरहरुमा बबाल नगर
मिरमिरेको दर चाम्रे खाजा सबै खाउ
तर बेचिएका चेलिहरु भूलेर
महंगा रेस्टोरेंट र बारमा कमाल नगर ।
टेक भण्डारी
Salisbury (Adelaide )
South Australia
No comments:
Post a Comment
have a nice day