अँध्यारो कालो अनि चिसो कुना
मेरो कोठाको नजिकै
मलाई रातदिन चिहाईरहन्छ
अनि कानेखुसी गर्दै बोलाईरहन्छ
आँउदैछु म तेरो निम्ती
भन्दै अचम्मको साईरेन बजाईरहन्छ।
एक अचेत अवसथामा
बन्द आँखा झिनो आशाको कामना गर्दै।
लमपसार पल्टीरहेको बेला
सहनाई फुकेझै साईरेन सुनिरहन्छु
मेरै निम्ती साँझ परेको बेला।
एकदिन अवश्य पुरा हुनेछन
ति मेरा झिना सपनाका उदेश्यहरू
जब म अाकाशका निला टुक्राहरू पल्टाँउदै
खोज्दै हुनेछु हावामा आफ्ना सहपाठीहरू।
कति अचम्मका ति साईरेनहरू
हरेक रात ति पन्चेहरू बजाईरहन्छन
मेरै बारेमा कुरा गर्दै ति गजलकारहरु
म्रित्युका सुमधुर गजल सुनाईरहन्छन
मेरो अवस्था देखेर ति जिउँदा जन्तीहरू
रातभर स्वतनत्रतादिवस मनाईरहन्छन।
जब त्यो चिसो कुना मेरो करिब आँउछ
पन्चे र गजलेहरू राईफल लिएर उभिन्छन
मलाई हजाँरौ ति राईफलेहरूले
हातकडी लाएर सेतो आसनमा बिराजमान गराउँछन
अनि संगीतमय धुन सुनाँउदै......
मलाई अनमाएर लैजान्छन
अगी पछी पन्चेहरू पन्चेबाजामा नाचिरहनछन।
बिस्तारै आत्मा उडेर हावामा बिलिन हुन्छ
अस्तीपन्जरहरू जल्नथालछन
लमतन्न नरकंकाल मात्र हुन्छ
पन्चे अनि गजलेहरू उत्सव मनाउँनथाल्छन
केवल धुलो मात्र रहन्छ
मेरो अस्तित्व समाप्त हुन्छ
बस !! अस्तित्व मट्टीमै बिलिन हुन्छ!!
टेक भण्डारी
Salisbury (Adelaide )
South Australia

No comments:
Post a Comment
have a nice day