Search This Blog

Tuesday, August 12, 2014

सरुको कथा-१

के छ हाल सरु तिम्रो उस्तै छकी अज्जै 
लुटिएको खुसी फिर्ता पायौ की त कतै
फुटेकाती आस्था अनि भरोसाती तिम्रा
मलम पट्टी गरीकन जोडेउकीत कतै
तिम्रै जवाफ पाउने आशमा बसेकोछु याँहा 
ईस्वरको घरबाट कैले फर्केउ कठै ?

जबाफ पाए पछी -
रात दिन साँझ बिहान तिम्रै यादमा हुन्थेँ
जेहोस खुसी फर्कीएछ अब किन रुन्थेँ
म पनि त खोली भन्छु मनका कुरा तिम्लाई 
मन भए भेट्न आउ सरु सागर बिच मलाई
चोखो माया सिती मिति नमारेकै राम्रो 
ईस्वरलाई जिती आईछौ बधाई छ है मेरो ।

अर्कोदिन-
सरु मैले जे भनेनी मनमै बसी गयौ
माईती मान्न आउनु पर्ला तिम्रै जित भयो
सय पत्री मखमली माला उनी राख्नु
तिहारमा आउँछु सरु मेरो बाचा भयो
तिमी जस्ती सुभाषीली चेली पाउँदा मलाई
आँखाबाट खुसीकाती आशुँ झरी गयो
खाली ठाउँ भरीकन झट्टै जवाफ देउ
नाम थर घर काँ हो जान्ने चाहा भयो ।

उत्तर पाएँ-
चेली तिमी कती अशल ढोका खोली दियौ
भावनाको मेरो साईनो स्वीकार गरीदियौ
मखमली माला सम्झी तिहारैमा आउँछु
सुभाषीली बैनी तिम्लाई माया बोकी ल्याउँछु
थालीभरी सप्तरंगी टिका मुछी राख्नु 
खुसी बोकी मुटुभरी टिका थाप्न आउँछु
सगरमाथा बस्ने तिमी नेपालकी छोरी
सारै मिठो जवाफ दियौ खाली ठाँउ भरी ।

धेरैदिन पछी-
कता थियौ सरु तिमी कती खोजेँ मैले
थोरै पनि माया भए जवाफ देउ है एेले
तिहारैमा भेट्ने बाचा गरेको छु मैले
मोबाईल पनि लिई आउँछु जदौ भन्छु ऐले ।

झल्याँस्स बिउँजिए ...........!!!!!!!!!!!!
ओहो! मैले त सरुको कथा लेख्नै भुलेँछु
Online मा किन आईनौ सोध्नै भुलेँछु 
राखेउकित पन्चथरी जमराका थाली
आउँदै छु म चाड मान्न तेतै यसपाली ।

लामो बाटो उडी आउँदा हावाको भरमा
डर लाग्छ होला के भेट पर्छु पिरै पिरमा
समुन्द्रका छाल हेर्दै हावा माथी उड्दै
सुभ यात्रा गर्दैछु म तिम्रै नाम लिँईदै ।

बड्दै गाछ धड्कन मेरो तिम्लाई कैले भेटुँ
मनका पिडा ब्यथा सबै तिमीलाईनै पोखुँ
यात्राभरी मेरै निम्ती ईस्वरलाई भाक्नु
मेरो लागी दही चिउरा थालमा पस्की राख्नु ।
टेक भण्डारी
Salisbury (Adelaide )
South Australia 

No comments:

Post a Comment

have a nice day