Search This Blog

Tuesday, August 12, 2014

कबिता-तिज बिशेष-१

तिज आयो भन्छन् सबै मैले देख्या छैन
रातो साडी चुरा पोते लाउने भेट्या छैन
एक्लो जिवन ढुंगासरी कठोर भए पछी
मिरमिरेको दर र चाम्रे खाजा पाक्या छैन ।

यसपालीको तिज बन्द कोठामै मनाईयो
तिम्रै यादमा रात एक कप चियामै कटाईयो
परदेशीको जिन्दगी यो कुण्ठित भए पछी
सासु बुहारीका तिजका भाका सबै गुमाईयो
धुपै धुपको खाडीभित्र जिन्दगी यो लुटाईयो ।

खै सानु तिज त्यता तिम्ले कसोरी मनायौ
मनका पिडा ब्यथाहरु कस्लाई सुनायौ
सबका चेली थाली बोकी मन्दिर जाँदा खेरी
खै कसोगरी तिमीले आफ्नो चित्त बुजायौ
साथी संगी भेट्दा आँशु खै कसोरी लुकायौ ।

बाध्यतै बाध्यतामा आँफन्त गुमाए पछी
अनि तिम्रा तिजका ईच्छा सबै टुक्राए पछी
रोयौ होला आँखा छोपी झ्यालबाट हेर्दै
रातो साडी फन्को मार्न मनले नमाने पछी
ढल्यौकित बेहोश भई पिडा दर्के पछी ।

सबका चेली माईती भए भेला बडा धरमा
सानु तिमी बस्यौ होला रुँदै आफ्नै धरमा
सबका धरमा छमछमतीका धुन गुन्जे पछी
रोप्यौ होला तिखा भाला आफ्नै मुटु माझमा
यसपालीत यस्तै भयो आँउला अर्कों तिजमा ।
टेक भण्डारी
Salisbury (Adelaide )
South Australia 

No comments:

Post a Comment

have a nice day