Search This Blog

Sunday, August 24, 2014

Father special-32th Manko majheri

Thanks a lot to Manko majheri team and Serju Rai for giving a place for my Gazal in your radio program! Thanks!!!!
Open the link for details.....!!!!

Wednesday, August 13, 2014

Tuesday, August 12, 2014

सरुको कथा-१

के छ हाल सरु तिम्रो उस्तै छकी अज्जै 
लुटिएको खुसी फिर्ता पायौ की त कतै
फुटेकाती आस्था अनि भरोसाती तिम्रा
मलम पट्टी गरीकन जोडेउकीत कतै
तिम्रै जवाफ पाउने आशमा बसेकोछु याँहा 
ईस्वरको घरबाट कैले फर्केउ कठै ?

जबाफ पाए पछी -
रात दिन साँझ बिहान तिम्रै यादमा हुन्थेँ
जेहोस खुसी फर्कीएछ अब किन रुन्थेँ
म पनि त खोली भन्छु मनका कुरा तिम्लाई 
मन भए भेट्न आउ सरु सागर बिच मलाई
चोखो माया सिती मिति नमारेकै राम्रो 
ईस्वरलाई जिती आईछौ बधाई छ है मेरो ।

अर्कोदिन-
सरु मैले जे भनेनी मनमै बसी गयौ
माईती मान्न आउनु पर्ला तिम्रै जित भयो
सय पत्री मखमली माला उनी राख्नु
तिहारमा आउँछु सरु मेरो बाचा भयो
तिमी जस्ती सुभाषीली चेली पाउँदा मलाई
आँखाबाट खुसीकाती आशुँ झरी गयो
खाली ठाउँ भरीकन झट्टै जवाफ देउ
नाम थर घर काँ हो जान्ने चाहा भयो ।

उत्तर पाएँ-
चेली तिमी कती अशल ढोका खोली दियौ
भावनाको मेरो साईनो स्वीकार गरीदियौ
मखमली माला सम्झी तिहारैमा आउँछु
सुभाषीली बैनी तिम्लाई माया बोकी ल्याउँछु
थालीभरी सप्तरंगी टिका मुछी राख्नु 
खुसी बोकी मुटुभरी टिका थाप्न आउँछु
सगरमाथा बस्ने तिमी नेपालकी छोरी
सारै मिठो जवाफ दियौ खाली ठाँउ भरी ।

धेरैदिन पछी-
कता थियौ सरु तिमी कती खोजेँ मैले
थोरै पनि माया भए जवाफ देउ है एेले
तिहारैमा भेट्ने बाचा गरेको छु मैले
मोबाईल पनि लिई आउँछु जदौ भन्छु ऐले ।

झल्याँस्स बिउँजिए ...........!!!!!!!!!!!!
ओहो! मैले त सरुको कथा लेख्नै भुलेँछु
Online मा किन आईनौ सोध्नै भुलेँछु 
राखेउकित पन्चथरी जमराका थाली
आउँदै छु म चाड मान्न तेतै यसपाली ।

लामो बाटो उडी आउँदा हावाको भरमा
डर लाग्छ होला के भेट पर्छु पिरै पिरमा
समुन्द्रका छाल हेर्दै हावा माथी उड्दै
सुभ यात्रा गर्दैछु म तिम्रै नाम लिँईदै ।

बड्दै गाछ धड्कन मेरो तिम्लाई कैले भेटुँ
मनका पिडा ब्यथा सबै तिमीलाईनै पोखुँ
यात्राभरी मेरै निम्ती ईस्वरलाई भाक्नु
मेरो लागी दही चिउरा थालमा पस्की राख्नु ।
टेक भण्डारी
Salisbury (Adelaide )
South Australia 

कबिता-तिज बिशेष-२

यसपालीको  तिजमा हेर मैले पनि गीत  गाएँ
छम्म छम्म नाच्ने संग अजम्बरी  मित लाएँ।

सोच्या जस्तै भन्या जस्तै रातो साडी पैरिएकी
तिल्लरी र चुरा पोते लाउने संग प्रित लाएँ। 

मादलु र सारंगीमा दोहोरीको रंग भर्दै
तिजको भाकासंगै उनको मुटु माँझ जित छाएँ।

चेलीमाईती एउटै घरमा खिर दर पकाएर
संगै बसी मिठो चाम्रे खाजा उनि सित खाँए।

छड्के तिल्लरीमा सजि'एर नाँच्ने आँगनीमा
सासु बुहारीलाई गास्ने कस्तो राम्रो रित पाएँ।
टेक भण्डारी 
एडिलेड,साउथ अस्ट्रेलिया 


कबिता-तिज बिशेष-१

तिज आयो भन्छन् सबै मैले देख्या छैन
रातो साडी चुरा पोते लाउने भेट्या छैन
एक्लो जिवन ढुंगासरी कठोर भए पछी
मिरमिरेको दर र चाम्रे खाजा पाक्या छैन ।

यसपालीको तिज बन्द कोठामै मनाईयो
तिम्रै यादमा रात एक कप चियामै कटाईयो
परदेशीको जिन्दगी यो कुण्ठित भए पछी
सासु बुहारीका तिजका भाका सबै गुमाईयो
धुपै धुपको खाडीभित्र जिन्दगी यो लुटाईयो ।

खै सानु तिज त्यता तिम्ले कसोरी मनायौ
मनका पिडा ब्यथाहरु कस्लाई सुनायौ
सबका चेली थाली बोकी मन्दिर जाँदा खेरी
खै कसोगरी तिमीले आफ्नो चित्त बुजायौ
साथी संगी भेट्दा आँशु खै कसोरी लुकायौ ।

बाध्यतै बाध्यतामा आँफन्त गुमाए पछी
अनि तिम्रा तिजका ईच्छा सबै टुक्राए पछी
रोयौ होला आँखा छोपी झ्यालबाट हेर्दै
रातो साडी फन्को मार्न मनले नमाने पछी
ढल्यौकित बेहोश भई पिडा दर्के पछी ।

सबका चेली माईती भए भेला बडा धरमा
सानु तिमी बस्यौ होला रुँदै आफ्नै धरमा
सबका धरमा छमछमतीका धुन गुन्जे पछी
रोप्यौ होला तिखा भाला आफ्नै मुटु माझमा
यसपालीत यस्तै भयो आँउला अर्कों तिजमा ।
टेक भण्डारी
Salisbury (Adelaide )
South Australia 

Thursday, August 07, 2014

कबिता-आत्माघाती रात

अँध्यारो कालो अनि चिसो कुना
मेरो कोठाको नजिकै 
मलाई रातदिन चिहाईरहन्छ
अनि कानेखुसी गर्दै बोलाईरहन्छ
आँउदैछु म तेरो निम्ती
भन्दै अचम्मको साईरेन बजाईरहन्छ।

एक अचेत अवसथामा 
बन्द आँखा झिनो आशाको कामना गर्दै।
लमपसार पल्टीरहेको बेला
सहनाई फुकेझै साईरेन सुनिरहन्छु
मेरै निम्ती साँझ परेको बेला।

एकदिन अवश्य पुरा हुनेछन
ति मेरा झिना सपनाका उदेश्यहरू 
जब म अाकाशका निला टुक्राहरू पल्टाँउदै
खोज्दै हुनेछु हावामा आफ्ना सहपाठीहरू।

कति अचम्मका ति साईरेनहरू
हरेक रात ति पन्चेहरू बजाईरहन्छन
मेरै बारेमा कुरा गर्दै ति गजलकारहरु 
म्रित्युका सुमधुर गजल सुनाईरहन्छन
मेरो अवस्था देखेर ति जिउँदा जन्तीहरू
रातभर स्वतनत्रतादिवस मनाईरहन्छन।

जब त्यो चिसो कुना मेरो करिब आँउछ
पन्चे र गजलेहरू राईफल लिएर उभिन्छन
मलाई हजाँरौ ति राईफलेहरूले
हातकडी लाएर सेतो आसनमा बिराजमान गराउँछन 
अनि संगीतमय धुन सुनाँउदै......
मलाई अनमाएर लैजान्छन
अगी पछी पन्चेहरू पन्चेबाजामा नाचिरहनछन।

बिस्तारै आत्मा उडेर हावामा बिलिन हुन्छ
अस्तीपन्जरहरू जल्नथालछन
लमतन्न नरकंकाल मात्र हुन्छ
पन्चे अनि गजलेहरू उत्सव मनाउँनथाल्छन
केवल धुलो मात्र रहन्छ
मेरो अस्तित्व समाप्त हुन्छ
बस !! अस्तित्व मट्टीमै बिलिन हुन्छ!!

टेक भण्डारी
Salisbury (Adelaide )
South Australia 

चेलीका पिडाहरु

रातो साडी लागाउँदैमा तिज रमाएन
बिदेशी गल्लीका शहरहरुमा
किन की .......
आलो खुनसरी आँशुका धारा बगाउँदै
कति चेलिहरु गलिरहेछन काला कोठिहरुमा
सुनौलो बिहानीको आश गर्दै 
काला बन्द ति अपरिचित महलहरुमा ।

कतिका आत्मा पलपल टुक्रिरहेछन
बेईमानी र पाखण्डिहरुका जालमा परेर
कस्दै र फुकाउँदै होलान डोरिका गाँठाहरु
मध्यरातको अनुकूल मौका हेरेर 
अनि सपनीमा तिजका भाका सम्झँदै
गाउँधरका साथी संगीहरू सम्झेर ।

आत्मा बचाउका चर्का नारा लगाउँदै 
आघारातमा चिचच्याउँदै होलान चेलिहरु 
अनि सरीरका निला डामहरु सुमसुम्याउँदै
दर्दनाक जिन्दगी बिताउँदै होलान चेलिहरु 
गाउँधरका आँगनामा आजको तिज सम्झँदै
आँशुमै मनका ब्यथा पाेख्दै होलान चेलिहरु ।

त्यसैले ........
याद गर ! आत्मासाथ गर चोलीका पिडाहरुलाई
मलम पट्टीबिना छटपटाईरहेका चेलिहरुलाई
चट्ट भूलेर गाउँधरमा धमाल नगर
बेईमानीका जालमा फँसेका चेलिहरुलाई 
चट्ट भूलेर शहरहरुमा बबाल नगर
मिरमिरेको दर चाम्रे खाजा सबै खाउ
तर बेचिएका चेलिहरु भूलेर
महंगा रेस्टोरेंट र बारमा कमाल नगर ।

टेक भण्डारी
Salisbury (Adelaide )
South Australia 

कबिता-प्यारो जननी

हिमाल  पहाड़  तराई  कोही  छैनन  पराई !
पुर्व पश्चिम उत्तर दक्षिण बस्छौँ धर्ती सजाई !!
धर्म कर्म पाप पुण्य यहाँ ईश्वर बस्छन रमाई
जहाँ जान्छौ जहाँ बस्छौँ लाग्छ उही प्यारो जननी !

कुलागांग्री, सगरमाथा , नांगा पर्वत सारै राम्रो
बगैँचा त्यो बेबिलोनको,उलुरु झन उस्तै राम्रो
झर्ना राम्रो केनेडाको जाम्बियाको उस्तै राम्रो
जहाँ जान्छौँ जहाँ बस्छौँ लाग्छ उही प्यारो जननी!

सुनकोशी जलढका र गंगा बग्छन गित गाउँदै
आमजोन र नाईल बग्छन नछुटीने प्रित लाउँदै
ह्वांगहो नदी थेम्स उस्तै बग्छन सधैँ जित छाउँदै
जहाँ जान्छौ जहाँ बस्छौँ लाग्छ उही प्यारो जननी!

गौतम बुध्द,राम-सिता जिजस,अल्ला सबै एउटै
हिन्दु, ईसाई, रोमनिय जुदाईजम धर्म सबै एउटै
बाईबल,कुरान,रामायण र गिता पनि सबै एउटै!
जहाँ जान्छौ जहाँ बस्छौँ लाग्छ उही प्यारो जननी!
टेक भण्डारी
साउथ अस्ट्रेलिया

कबिता-प्रेम युद्ध

आहा त्यो रात जब म उनको साथ थिएँ
बास्नाहरु यौवनका ह्वारह्वार्ती पोखिएर
उनको कोमल बदनमा लठ्ठै परेको थिँए
आतुर ओठहरु तँछाड र मछाड गर्दै 
चुम्बनका गुच्छाहरु बर्साईरहेँको थिँए ।


सागर महासागरको गर्भमा बिलिन भएझैँ
त्यो क्षण मत उनमै बिलिन भएको थिँए
मुना र मदनको कथालाईनै चुनौती दिँदै
उनकै कसिलो बाहुपाशमा बाँधिएको थिँए 
सोचेँ !रोमियो जुलियटलाईनै हराउँदै थिँए ।

हरेक नसा नसाका अद्रिष्य मार्गहरुमा
यौवनको मधुरस बनेर बगिरहेको थिँए 
अनि बक्षसथलको मध्य केन्द्रमा रहेर
रोमान्सका प्रेम गजलहरु गाईरहेको थिँए 
लाग्थ्यो प्रेम युद्धमा Medal थाप्दै थिँए ।
तर अप्सोच..................

टेक भण्डारी
Salisbury (Adelaide )
South Australia 

कबिता-आमा जननी

आमा तिमी जन्म जननी,धर्ती झुलाउँने तिमी..........
सन्तानका पिडा सहेर,सबलाई रुझाउँने तिमी........!

भिरपाखा कान्ला'हरुमा, पिठ्यँुमा बोकी हिँड्दै......
डोको घाँस भारी बोकेर,रनबन घुमाउँने तिमी........
सन्तानका पिडा सहेर,सबलाई रुझाउँने तिमी........!

कैले गर्दै गाली कहिले,कोक्राबाट झिकी...............
ताते गराउँदै आँगनी बिचमा,धुन सुनाउँने तिमी......
सन्तानका पिडा सहेर,सबलाई रुझाउँने तिमी........!

साँझपख बसी चुलामा,ईश्वरलाई चडाएर..............
मिठो नमिठो पस्की थालमा जाउँलो खुवाउनँने तिमी!
सन्तानका पिडा सहेर,सबलाई रुझाउँने तिमी.......!
Tek Bhandari 
South Australia