Search This Blog

Tuesday, December 09, 2014

गजल

प्रेम युद्धमा फारम,भरिँदैन प्रिये
बिना लगन तिम्लाई,हरिँदैन प्रिये।

तिमी भन्छेउ चाडो शहरतिरै सर
जागिर नखोजी डेरा,सरिदैन प्रिये।

तिमीलाई हतार सिउँदो रंगाउँने
धरमा नसोधी बिहे,गरिँदैन प्रिये।

अंगुरका झुप्पा ती लहरै छन बाँकी
स्याउ नबेची मधेश,झरिदैन प्रिये।

नगर हतार झुपडी त्यो सजाउँन 
बिना पुजारी सदबिउ,छरिदैन प्रिये।

निम्तो बाँड्न सुपारी किन्न खर्च नगर
पात्रो नहेराई खोल्सी,तरिँदैन प्रिये।
टेक भण्डारी
एडिलेड,साउथ अस्ट्रेलिया 

No comments:

Post a Comment

have a nice day