Search This Blog

Saturday, December 13, 2014

गजल

यहाँ बाँच्नुको अर्थ टुट्यो जब मित नलाएसी उनले 
यहाँ नाँच्नुको अर्थ लुट्यो जब गित नगाएसी उनले

रंगमन्चमा रंगिदै जाँच्दै थिएँ म उनको चमकलाई
तर जाँच्नुको अर्थ छुट्यो जब जित नपाएसी उनले!

 ईन्द्रेणी रंगमा साँच्दै थिँए म उनकै रिति थितिलाई
तर साँच्नुको अर्थ चुट्यो जब रित नछाएसी उनले!

बारुले कम्मर भाँच्दै थिँए म उनकै नजिक खुलेर
तर भाँच्नुको अर्थ फुट्यो जब प्रित नचाएसी उनले!
Tek Bhandari
South Australia 
7:10 pm-2014( Saturday )

No comments:

Post a Comment

have a nice day