चोखो माया गरेर मत दोषी भएँछु
हृदय माँझ झरेर मत दोषी भएँछु!
बन्धन सारा युगान्त बुलन्द बनाउँन
मिठो सुवाष छरेर मत दोषी भएँछु!
सागर'सरी माया पबित्र पार्नलाई
मनको बाध तरेर मत दोषी भएँछु!
ढुकढुकी चालमा हर बखत सम्झेर
यादै यादमा मरेर मत दोषी भएँछु!
टेक भण्डारी
सल्सवरी,एडिलेड
साउथ अस्ट्रेलिया

