आउँन त मन थियो नेब्रास्का ओमाहा रहरै बोकेर
गाउँन त मन थियो नेब्रास्का ओमाहा सृजना कोरेर!
बन्द सिसाको जहर कलमले पानामा छर्दै
छाउँन त मन थियो नेब्रास्का ओमाहा अमृत घोलेर!
मनको बह खोली सबका सामु पोख्दै मित
लाउँन त मन थियो नेब्रास्का ओमाहा नजरै जोडेर!
पल पल चर्केको छातीलाई आत्मा सन्तुष्टि
पाउँन त मन थियो नेब्रास्का ओमाहा मन्चमा रोजेर!
