Search This Blog

Saturday, July 22, 2017

गीतहरु


गीत-१ (हात समाई संगै हिड्ने)
हात समाई संगै हिड्ने रहरहरु जले सबै
यस्तै गर्यो बिधाताले प्रेमिल पर्खाल ढले सबै।

बन्धन टुट्यो साथ छुट्यो,समझौतानै यस्तै भयो
साँचेका ति सुन्दर सपना उड्ने भूवा जस्तै भयो।
हात समाई संगै हिड्ने............

दोष जति मलाई सुम्पी निर्दोष बनि बाटो मोडेउ
लाग्छ तिमी खुशीनै छौ त्यसैले त मलाई छोडेउ।
हात समाई संगै हिड्ने...............

गित- २ (पाईला मोडेउ अर्कैतिर)
पाईला मोडेउ अर्कैतिर रेटेउ छाती घातले
बलेँसीको पानी संझी टेकेउ छाती लातले।

कस्तो साईनो दियौ दैब सिसासरी फुटी जाने
हात समाई हिँड्दा हिँड्दै दोबाटोमै छुटी जाने।
संबन्ध जोडेउ अर्कैसंग रेटेउ छाती घातले
बलेँसीको पानी संझी टेकेउ छाती लातले।

नाता तोडेउ साथ छोडेउ भर परेउ पराईको
मेरो प्रेमलाई बदर गर्दै सदर गरेउ पराइको।
हातका ति चुरा फोडेउ रेटेउ छाती घातले
बलेँसीको पानी संझी टेकेउ छाती लातले।
Last coming soon.....

गित- ३ (अामा भन्दा प्यारो ठाँने)
आमा भन्दा प्यारो ठाँने तर भूल गरेँछु प्रिये
फूल भन्दा कोमल ठाँने तर भूल गरेँछु प्रिये।

थाहा भयो जिवन के हो माया साट्दै जाँदा
सोचे भन्दा फरक भयो....दुरी फाट्दै जाँदा
तिमीलाई तन मन दिएँ तर भूल गरेँछु प्रिये
तिम्रै लागी पल पल खिँए तर भूल गरेँछु प्रिये
आमा भन्दा प्यारो ठाने तर भूल गरेँछु प्रिये
फूल भन्दा कोमल ठाँने तर भूल गरेँछु प्रिये।

यस्तो लाग्थ्यो तिमी बिना बाँच्न कहाँ सक्छु र म
तिमीसंगको नाता तोडी...हाँस्न कहाँ सक्छु र म
अमृत दिई बिष पिए तर भूल गरेँछु प्रिये
पिडा सही खुसी दिएँ तर भूल गरेँछु प्रिये
आमा भन्दा प्यारो ठाँने तर भूल गरेँछु प्रिये
फुल भन्दा कोमल ठाँने तर भूल गरेँछु प्रिये।

गीत- ४ (एउटा चिनो तिम्रो है नामको)
एउटा चिनो तिम्रै है नामको मुटुभित्र साँच्याछु लै लै
मिठो माया किरणझैँ घामको मुटुभित्र साँच्याछु लै लै
जुनी जुनी संगै बसौला कान्छी
प्यारै प्यारको डोरीले कसौँला
एउटा चिनो..........
मिठो माया..........

पँधेरीको समझना बोकी तिम्रै लागी बाँच्याछु लै लै
याद आउँदा धड्कनै रोकी तिम्रै लागी हाँस्याछु लै लै
जुनी जुनी संगै बसौला कान्छी
प्यारै प्यारको डोरीले कसौँला
एउटा चिनो..........
मिठो माया..........

आज भोली डेरा है मनको तिम्रै गाउँमा सार्याछु लै लै
मुटु भित्रको राजधानी  तिम्रै नाउँमा पार्याछु लै लै
जुनी जुनी संगै बसौला कान्छी
प्यारै प्यारको डोरीले कसौँला
एउटा चिनो..........
मिठो माया........


गीत- ५ (एक्लोउदासी)
म त उदास उदास उदासको कथा लेखेर बाँच्ने मान्छे
कैले सिसा कैले काँडामाथी पाउ टेकेर नाँच्ने मान्छे।
त्यसैले त भन्छन मलाई उदासी साँच्चै एक्लोउदासी।

हाँस्न खोज्दा मुस्कानहरु रिसाएर किनार लाग्दा
जसलाई आफ्नो सोच्यो सबै तर्किएर पर भाग्दा
म त दुख पिडा बिछोडको कथा लेखेर बाँच्ने मान्छे
कैले सिसा कैले काँडामाथी पाउ टेकेर नाँच्ने मान्छे।
त्यसैले त भन्छन मलाई उदासी साँच्चै एक्लोउदासी

साथ दिँदादिदैँ अजम्बरी माया दुई किनार भएसी
रातमा छाती रेटेर घृणाले पराई संग अन्तै गएसी
म त धातै घातले सजिएको कथा लेखेर बाँच्ने मान्छे
कैले सिसा कैले काँडामाथी पाउ टेकेर नाँच्ने मान्छे ।
त्यसैले त भन्छन मलाई उदासी साँच्चै एक्लोउदासी ।
टेक भण्डारी
एडिलड,साउथ अस्ट्रेलिया

गीत - ६ (कस्लाई हुन्छ र पिउँने रहर)
कस्लाई हुन्छ र पिउँने रहर प्याला समाउँदै
कस्लाई हुन्न र जिउँने रहर सिउँदो रंगाउँदै।
कस्लाई हुन्छ र पिउँने रहर..................

डोली'भित्र लाजको घुम्टो फरियाले छोपेर
कस्लाई हुन्न र अन्मिने रहर बाजा बजाउँदै।
कस्लाई हुन्छ र पिउँने रहर..................

चादनीझैँ पूर्णिेमाको रातमा मुहार खोलेर
कस्लाई हुन्न र नाँच्ने रहर उत्सब मनाउँदै।
कस्लाई हुन्छ र पिउँने रहर................

सुन्दर शान्त बगैँचामाँझ फुल्झैँ फक्रिएर
कस्लाई हुन्न र फुल्ने रहर धर्ती हसाउँदै।
कस्लाई हुन्छ र पिउँने रहर...............
कस्लाई हुन्न र जिउँने रहर...............

गीत -७ (सक्नु पर्छ जिउँन एक्लै एक्लै)
सक्नुपर्छ जिउँन एक्लै एक्लै जिएर त देखाउ अब,
मैले जस्तै जहर प्यालाको पिएर त देखाउ अब।

जब सुन्दर घरै भत्किएपछी छुरी चला'उँदा घातको
उदास मरुभूमि बन्यो शहर चुरा न'बजा'उदा हातको।
कैले कहीँ काँडै काँडामा हिँडेर त देखाउ अब
मैले जस्तै जहर प्यालाको पिएर त देखाउ अब।
सक्नुपर्छ जिउँन एक्लै एक्लै जिएर त देखाउ अब।
मैले जस्तै जहर प्यालाको....

हुरी लिएर आयौ निभाई दियौ जलाएको दियो साँझको
हिँड्दा हिँड्दै दोबाटो माँझ तोडेउ नाता दुई मुटु माँझको
सक्छौ भने छाती पिडाले सिएर त देखाउ अब
मैले जस्तै जहर प्यालाको पिएर त देखाउ अब
सक्नुपर्छ हिँड्न एक्लै एक्लै हिँडेर त देखाउ अब
मैले जस्तै जहर प्यालाको...

गीत - ८ (घात सहेर जिउँने)
घात सहेर जिउँने बानी पर्याछ मलाई
मात सहेर पिउँने बानी पर्याछ मलाई
तिमी जेसुकै भन प्रिये..........
लात सहेर जिउँने बानी पर्याछ मलाई
घात सहेर..........बानी पर्याछ मलाई।

रगत एउटै भएनी भेदभाबको जाल रचायौ
प्रेममा जहर घोलेर घातको खाल्टोमा खसायौ
अब त जेसुकै भन प्रिये...............
जात सहेर जिउँने बानी पर्याछ मलाई
घात सहेर जिउँने बानी पर्याछ मलाई।

एउटै मुर्ति पुज्नलाई मन्दिर अलग बनायौ
सुनकै महल भएनी दियो त एउटै जलायौ
तिमी जेसुकै भन प्रिये.........
बात सहेर जिउँने बानी पर्याछ मलाई
घात सहेर..........बानी पर्याछ मलाई।

गीत - ९(जब यादहरु)
जब यादहरु घाउ भएर जिउँछन
जब साथहरु एक्लो भएर हिँड्छन
तड्पिएर मुटु दुख्छ,भड्किएर सासै रुक्छ
जब साथहरु,रातहरु टुक्रा भएर गिर्छन।

बगिरने कलकल जलको धारा नजिक गएनी
झरीरने झर झर निलो झर्नाकै नजिक भएनी
प्यासै नमर्दो रैछ.........
जब यादहरु, साथहरु टुक्रा भएर गिर्छन।
तड्पिएर मुटु......

तस्विर हेरेर जिउँन साँच्चै मुस्किल भएपछि
पुर्णेको रात पनि यहाँ औँशीझै लागेपछि
यादै नहट्दो रैछ.........
जब यादहरु,साथहरु  टुक्रा भएर गिर्छन
तड्पिएर मुटु....

गीत - ११(तिमी त पूर्णिमाको जुन बनेर)
तिमी त पूर्णेिमाको जुन बनेर छाएथेउ
खुसीका रंग लिएर मेरो जिवनमा आएथेउ
तर खै कस्को नजर लाग्यो टाडीएर पर सरेउ
मान्छे सबै एकै भएनी खै किन भेदभाब गरेउ।

एकैपल मेरो नजर नदेख्दा मूर्झीएर रुने तिमी
मेरै अभाबमा लुकेर आँशुले नयन धुने तिमी
तर खै दैबको खेल होकी रिसाएर आँखा तरेउ
मान्छे सबै एकै भएनी खै किन भेदभाब गरेउ।
तिमी त...........

तिम्रो सिउँदो सजाउँदा मन्दिरमा कसम खाएर
भनथेउ तिम्रै हुँ प्रिये जुनिभर चोखो सिन्दुर लाएर
तर खै भावनामा फरक पर्योकी एता फुली अन्तै झरेउ
मान्छे सबै एकै भएनी.........खै किन भेदभाब गरेउ।
तिमी त..........

गीत - १२(तिमी मेरी आँखाकी नानी)
तिमी मेरी आँखाकी नानी नरिसाउ है जानी जानी
तिमी मेरी मायाकी खानी नरिसाउ है जानी जानी
तिमी मेरी जिवन साथी बर्षाई देउन मायाको पानी
तिमी मेरी आँखाकी नानी..........

जुन भन्नु घाम भन्नु झिलिमिलि तारा तिमी
मुटु माँझ  फुलि रहने हरियाली सारा तिमी
पिडा बड्दा कोमल हातले मलम लाउँने दानी तिमी
तिमी मेरी आँखाकी नानी..................
तिमी मेरी जिवन साथी.......................

तिम्रो कर्के नजर राम्रो लाग्छ प्यारो आनी बानी
तिमी रुँदा मलाई दुख्छ नरोईदेउन है मेरी सानी
धर्ती हाँस्छ हाम्रो मिलन सुनझै झुल्दा छानी छानी
तिमी मेरी आँखाकी नानी..................
तिमी मेरी जिवन साथी....................

गीत - १४(पानीसरी हुन्छु छलछल)
पानीसरी हुन्छु छलछल चोटहरु छल्कीदिँदा
सम्झीएर रुन्छु पलपल पिडाहरु बल्झीदिँदा।
पानीसरी हुन्छु.....

कसरी पो मन बुजाँउ गाउँबस्ती छुट्यो सबै
खेतबारी कान्ला पुरै बैरी आई लुट्यो सबै
आगोसरी हुन्छु खलखल यादहरु सल्कीदिँदा
सम्झीएर रुन्छु पलपल पिडाहरु बल्झीदिँदा।
पानीसरी हुन्छु.....

सिन्दुर पोते हातका चुरा धागोसरी चुँट्यो सबै
माटो संग लाएको नाता सिसासरी फुट्यो सबै
मुर्दासरी हुन्छु थलथल अतितहरु झल्कीदिँदा
सम्झीएर रुन्छु पलपल पिडाहरु बल्झीदिँदा।
पानीसरी हुन्छु......

गीत - १५(बाल गीत)
बाल गजल
आउ न पढ्न आउ क च ट त  प नानीहरु
आउ न पढ्न आउ ख छ ठ थ फ रानीहरु!

अ आ इ ई भन्दै उ ऊ लाई च्याप्प समाई
आउ न पढ्न आउ ग ज ड द ब सानीहरु!

हेर लौ ए ऐ ओ औ अं अ: का  मात्राहरु
आउ न पढ्न आउ घ झ ढ ध भ ज्ञानीहरु!

य र ल व स ष श लाई ह क्ष त्र र ज्ञ दिएर
आउ न पढ्न आउ ङ ञ ण न म दानीहरु!

गीत - १६(बेहुली बनेर गयौ)
बेहुली बनेर गयौ,अर्कैको नाता जोडेर
सारा दोषहरु मलाई सुम्पी,बाटै मोडेर।

म पनि त हाँस्दै अन्मिँदै थिएँ,मलामी बिच
अोफ! हतारिँदै गयौ बेगझैँ,साथै छोडेर।

कस्तो रमाईलो लगन,तिमी अगि म पछी
मैले कफन तिमी गयौ,मखमल ओडेर।

तिमी नाँच्दै थियौ,नौमती बाजामा अगाडी
म संखको तालमा,रम्दै थिएँ भाग्य तोडेर।

दुध दहीले पर्छिए तिमीलाई,मलाई माटोले
वा! बुहारी बनेउ कसैको,मेरो ज्यानै गोडेर।

स्वागरात र चिताको नाता,(गहिरो रहेछ)२
तिम्ले प्यास मेट्दा,जल्दै थिएँ म,छाती फोडेर।

गीत - १७(म त झरी झरी'रहेँ)
म त झरी झरी'रहेँ आँशु संगै झरीरहेँ,
म त परी परी'रहेँ घातको आलमा परीरहेँ,
तिमीले त हेरिरयौ,
टाडाबाटै हेरिरयौ,
मत झरी................!
मत परी................!

तिमी हाँसेउ मेरो पिडा माथी पाईला सजाएर,
कहिले खोपेउ मुटु मेरो तिखो छुरा चलाएर,
मत हाँसी हाँसी'रहेँ पिडासंगै हाँसीरहेँ,
मत बाँची बाँची'रहेँ छुरासंगै बाँचीरहेँ!
तिमी भने नाचीरयौ,
छाती कुल्ची नाचीरयौ,
मत झरी.................!
मत मरी.................!

तिमी बसेउ किनारैमा मलाई सागरबिच छोडी
कैले बालुवामा छोडेउ पानी अर्कैतिर मोडी,
मत बगी बगी'रहेँ सागरबिच बगिरहेँ,
मत ठगी ठगी'रहेँ बालुवाबिच ठगिरहेँ,
तिमी भने बाँचिरयौ,
मलाई मारी बाँचीरयौ,
मत झरी..................!
मत परी..................!

गीत - १८(मदहोशी तिम्रो चाल)
मदहोशी तिम्रो चाल देखेर म त बेहोश भएँ लौ
कल्किझैँ त्यो बाल देखेर म त बेहोश भएँ लौँ।

चौबन्दीमा सजिएर फुलझैँ सुवास छरी छरी
ओठमा लाली टल्काएर हाँसी दिन्छौ मरी मरी
मनै भुल्ने त्यो ढाल देखेर म त बेहोश भएँ लौ।
मदहोशी तिम्रो चाल देखेर म त बेहोश भएँ लौ।

मौशम बद्लिए'सरी बद्लि दिन्छौ घरी घरी
लठ्ठै पार्छौ जवानीले कर्के नजर तरी तरी
बैँशको त्यो छाल देखेर म त बेहोश भएँ लौ
मदहोशी तिम्रो चाल देखेर म त बेहोश भएँ लौ।

गीत - १९(मायामा खेल नखेल्नु)
मायामा खेल नखेल्नु भन्थेउ आफैँ खेलेर गयौनी प्रिये
अँधुरो कथा नलेख्नु भन्थेउ आँफै लेखेर गयौनी प्रिये!
आधी बाटोमा छोडेर.....
सम्बन्ध चट्टै तोडेर......

फुल्दै गरेको हाम्रो प्रिती अचानक चुँडेर गयौनी प्रिये
चोखो मायामा बिष घोली सर्वस्व लुटेर गयौनी प्रिये
आधी बाटोमा छोडेर...
सम्बन्ध चट्टै तोडेर......
मायामा खेल........................

मिठो मुस्कान छर्दै आयौ प्यास मेटेर गयौनि प्रिये
प्रितीको अनौठो रित लेखी मुटु रेटेर गयौनी प्रिये।
आधी बाटोमा छोडेर.....
सम्बन्ध   चट्टै  तोडेर.....
मायामा खेल..............................

गीत - २०(मुटुमा छुरा रोपेर)
मुटुमा छुरा रोपेर फुलको कुरा गर्नेलाई
चोखो नाता तोडेर भूलको कुरा गर्नेलाई।
कसरी बिश्वास गरौँ म......
सडकमा काँडा बिछ्याई पूलको कुरा गर्नेलाई।

कुल्चियौ छाती पाउले अनि हाँसेउ जुनझैँ खुलेर
एक्लो पारेउ सडकमा अनि नाँचेउ उत्सवमा झूलेर।
कसरी विश्वास गरौँ म घाउमा चुक छर्नेलाई
मुटुमा छुरा रोपेर फुलको कुरा गर्नेलाई ।

बसाई सरेर रातमा छिमेकी सारा हँसायौ
साँझको दियो निभाई जिन्दगी अंधकार बनायौ।
कसरी विश्वास गरौँ म पानीमा जहर भर्नेलाई,
मुटुमा छुरा रोपेर फूलको कुरा गर्नेलाई।

गीत - २१(मैले माया लाएको मान्छे)
मैले माया लाएको मान्छे अर्कै मनले हरेपछि
मेरो मनले चाहेको मान्छे अन्तै डेरा सरेपछि
भन्नु के नै रहयो अब धागोझैँ माया चुँटेपछि
जतन गरि जोडेको बन्धन सिसासरि फुटेपछि।
मैले माया लाएको मान्छे......................

जेजे भन्यौ जेजे  माँगेउ चुपचाप दिएँ आँफ्नै ठानि
खुशी दिएँ दु:ख लिएँ चुपचाप मैले आँशु छानी
यति गर्दा गर्दै मोडेउ अर्कै बाटो जानी जानी
चोखो माया उखेलेर अर्कै रोपेउ तानी तानी।
मैले माया लाएको मान्छे.........................

कती कठोर तिम्रो मन फर्कि आईनौ माया लाउँन
घाटमा एक्लै छटपटीँदा किन आईनौ सोक गीत गाउँन।
यता तोडी उता जोडेउ हाँसी खुशी बाँचे हुन्छ
जल्दै गर्छु अग्निमा म उत्सव मनाउँदै नाँचे हुन्छ।
मैले माया लाएको मान्छे........................

गीत -२२ (रित्तो पनको चौतारीमा)
रित्तो पनको चौतारीमा.....तिमी आयौ पिडा हर्दै
आकाशझैँ कन्चन सफा माया लायौ खुसी भर्दै।
एती चोखो एती मिठो साथ छोडेउ के का लागि
आँफै भन पबित्र यो साईनो तोडेउ के का लागि।

चन्द्रमाझैँ अंधकारमा..तिमी आयौ रोश्नी छर्दै
सित्तल चन्चल पवन बनी मनमा छायौ रंग भर्दै
फेरि किन अन्तै'तिर नाता जोडेउ के का लागि।
आँफै भन पबित्र यो साईनो तोडेउ के का लागि।

जिन्दगीको गोरेटोमा....हात समाई अगी सर्दै
हाँसो दियौ खुसी दियौ संगै जिउँने बाचा गर्दै
तर दोबाटोमै छोडी पाईला मोडेउ के का लागि।
आँफै भन पबित्र यो साईनो तोडेउ के का लागि।

गीत - २३(हाँस्ने रहर भएर के भो)
हाँस्ने रहर भएर के भो जब आँशु भागमा परेसी
चोखो माया दिँदा दिँदै जब बिश्वास'घात गरेसी।

भेटिनु र छुटिनु जिवनमा भाग्यको नै खेल रहेछ
यस्तो लाग्छ मान्छेको संबन्ध हुरी बतास भेल रहेछ
बाँच्ने रहर भएर के भो जब काल नै घर्तीमा झरेसी
चोखो माया दिँदा दिँदै जब बिश्वास'घात गरेसी।

जुन घाम तारा सबै उस्तै पूर्व पश्चिम उत्तर गएनी
फेरी किन भेदभाव हुन्छ सबको खुन रातै भएनी।
नाँच्ने रहर भएर के भो जब काँडा पाउमा छरेसी
चोखो माया दिँदा दिँदै जब बिश्वास'घात गरेसी।

"Copyright is strictly prohibited"

Thursday, June 15, 2017

गजल

हार्नेहरु सधैँ हारिरहे,जित्नेले पो खै के पायो
भजन गाउँदै झ्याली,पिट्नेले पो खै के पायो।

जित्ने पनि उही मान्छे,हार्ने पनि त उही
उनको मेरो सिमाना,मिच्नेले पो खै के पायो।

अलग थिए गर्वधारण,तर जन्मेपछि एउटै माटो
फेरि नातावादका पत्ती,फिस्नेले पो खै के पायो।

आखिर मानव सबै एउटै,मर्दा जाने एउटै धाट
मुर्दाको पनि मुटु,झिक्नेले पो खै के पायो।

Saturday, February 07, 2015

Tears flows but I'm not crying

One of the best poem of Laxmi prasad Devkota!


Tear flows but I am not crying

I am amazed that this is my life
I never want to be alive
now I am not afraid of dying 
Tear flows but I am not crying

I was most fool in my class 
some pinch me and pain me 
by throwing glass
some want to help me but I 
was always shying
Tear flows but I am not crying

now also I am bad for all
don’t punch me don’t kick me like a ball
I can't forget all, let me try
I was not crying but u make me cry 

Friday, February 06, 2015

सामुन्द्रिक छल्का गजल संग्रहमा संग्रहित पाँच गजलहरु

सामुन्द्रिक छल्का गजल संग्रहमा संग्रहित मेरा पाँच गजलहरु यस प्रकार छन! Samundrik chhalka link http://samundrikchhalka.blogspot.com.au/2015/01/blog-post_51.html?m=1

गजलकार-टेक भण्डारी
गजल-१
गोष्टी सेमिनार गर्नेहरु गाउँका कुरा कैले गर्छौ ?
आफनै गोजी भर्नेहरु गरिबको गोजी कैले भर्छौ ?

डोको बोकी हाटबजार भर्नेको पिडा सही हेर
चिल्लो सडक तर्नेहरु ठाडोखोला कैले तर्छौ ?

तारा गन्दै झुपडीको रातहरु काट्छन् कोही
महलभित्र चर्नेहरु गाउँ घरतिर कहिले चर्छौ ?

नेतालाई शहर दिने गरिबनै हुन् सोचि हेर
बारमा पैसा छर्नेहरु झुपडी भित्र कैले छर्छौ ?
  – टेक भण्डारी
    नेउली, भुटान 
   हाल-साउथ अस्ट्रेलिया
********************************************

गजल २
निष्ठूरी यादहरु एकान्तमा कल्पीएर रोएँ
जलिजाने पानाझै दनदनी सल्कीएर रोएँ

सम्झेर जुनेलीमा तारा गन्दै टोलाउँदा खेरी
झरेको झरनासरी आँशुहरु छल्कीएर रोएँ

बिपनीमै सम्झनाका लहरहरु केलाएर
आफ्नै अनुहार सिशाभित्र टल्कीएर रोएँ

मायाँलु छुट्दा मुटुबाट धनुषका काँड सरी
मुर्झिएको फूलझै  जिन्दगानी ढल्कीएर रोएँ
  – टेक भण्डारी
    नेउली, भुटान 
    हाल-साउथ अस्ट्रेलिया
********************************************

गजल ३
तिमिलाई जिवनदान दिइ आँफैलाई मैलेमारे
तिमिलाई जितौरीको नासो सुम्पिएर मैलेहारे

तिम्रै लागी नजरबन्दी भएकोछु सधैँ यहाँ
तिमिलाई हाँसो दाईजो दिएर आँशु मैलेझारे

संगै–संगै हिड्यौ हिजो तर आज बाटै मोडेऊ
तिमिलाई बाटो खुलागर्न अन्तै खुट्टा मैलेसारे

नशा बिच सधैँ बग्ने ढुकढुकीनै मर्न लाग्यो
तिमिलाई होस आफ्नै मुटु बेहोस मैलेपारे

जे होस तिमी उल्लासमय आँफु उदाससधैँ
तिमिलाई स्वर्ग दिए र मनको ढोका मैलेबारे
  – टेक भण्डारी
    नेउली, भुटान 
    हाल-साउथ अस्ट्रेलिया
********************************************


गजल ४
सडकमा जिउँदै सरिर ढलेपछी आयौ
चितामाझँ यो आधा सरिर जलेपछी आयौ ।

माफगर तिमिलाई स्विकार गर्न सक्दिन म
घाटमा सारा अस्थिपन्जर गलेपछी आयौ ।

चाँडै आउँनु पथ्र्यो तिमी सम्झीएर मलाई
कालले बिहाँनीको प्रहर छलेपछी आयौ ।

बाटै भुली ढिलो ग¥यो द ागबत्ती दिनलाई
अन्तिम पलको दियोबात्ती बलेपछी आयौ ।
  – टेक भण्डारी
    नेउली, भुटान 
    हाल-साउथ अस्ट्रेलिया
********************************************


गजल ५
तिमी उत्सब मनाउँछौ म पिरमा कुहिँदा
तिमी सिउँदो सजाउँछौ म जन्जिरमा उनिँदा ।

सिशासरी फुट्दा म तिम्रै उपहारको भारीले
तिमी प्यासमा हराउँछौ म चितामा पुजिँदा ।

जब म ताप्दै हुन्छु सल्किएको आँगो घाटमा
तिमी प्यारमा रमाउँछौ म खरानीभै चुलिँदा ।

धर्तीलाई बिदागर्दा हावाको झोँका बनेर
तिमी जवानी लुटाउँछौ म धर्तीमा पुरिँदा ।
  -टेक भण्डारी
   नेउली, भुटान 
   हाल-साउथ अस्ट्रेलिया

गजल परिचय

http://gazalsansar.blogspot.co.uk/p/gaurab.html?m=1

भाग एक १- गजल सिद्धान्तहरु


नेपालका प्रथम गजलकारहरु मोतिराम भट्ट र शम्भु प्रसाद ढुङ्गेल लाई हार्दिक श्रद्दन्जलि ब्यक्त गर्दछु । बर्तमान विश्व साहित्यमा लोकप्रियताको सिखर चढ्न सफल गजल विधा आफैमा एक उत्कृष्ट साहित्य विधा हो । गजल अरविमा जन्मिएर उर्दु फारसिमा विकास विस्तार र उत्कृष्टता हाँसिल गरेको गेय विधा हो । गजल फारसि सब्द हो जसको अर्थ हुन्छ प्रेमिका संग कुराकानी वा प्रणय वार्ता तर ब्यवहारमा धेरै अगाडि देखिनै प्रेमि वा प्रेमिकासंगको वार्तामा मात्र सिमित छैन ।गजल लेख्न सामान्यतया काफिया, रदिफ, मतला, शेर आदिको जानकारि हुनु आवस्यक छ । जसको एक पंत्ति लाई “मिसरा” भनिन्छ । दुई ओटा मिसरा मिलेर एक सेर बन्छ । सेरको माथिल्लो पंत्तिलाई “मिसरा ए उला” र तल्लो पंत्ति लाई “मिसरा ए सानि” भनिन्छ । जसको दुबै सेरहरु अनुप्रास युत्त हुन्छन् । गजलमा एक भन्दा वढि मत्लाको प्रयोग हुनसक्छ यस्तो गजलमा प्रथम मत्लालाई “मत्ला ए उला” र त्यसपछिको लाई “मत्ला ए सानि” भनिन्न । त्यसपछिका शेरहरुमा “मिसरा ए उला” स्वतन्त्र हुन्छ भने तल्लो मिसरा मत्लाका मिसराहरमा अनुप्रास युक्त हुन्छन् ।गजलका सबैभन्दा महत्वपूर्ण २ तत्वहरु हुन् “रदिफ” र “काफिया” ।। “रदिफ” मत्लाका दुबै मिसराका अन्तिम र शेरको अन्तिम शब्द हो । “काफिया” रदिफको पूर्ववर्ति अनुप्रासयुक्त शब्द हो ।
उदाहरण

पछि पछि सारा विश्व आउनुको के अर्थ ।।

तिमी छैनौ त सारा खुसि पाउनुको के अर्थ ।।


यहाँ रदिफ — के अर्थ हो भने

काफिया — आउनुको, पाउनुको हो

माथिको २ लाईन लाई शेर भनिन्छ ।


यो गजलको पहिलो शेर भएकोले यसलाई मतला भनिन्छ जसमा दुबै लाईनमा काफियाको प्रयोग भएको छ

यस्तै,

काफिया एउटै गजलका शेरहरुमा कहिल्यै पनि दोहोरिनु हुँदैन भन्नुको मतलब एउटै काफिया अर्को शेरमा प्रयोग गर्नु हुदैन । जस्तै, नगाउ, नपाउ, नजाउ जस्ता शब्दहरु काफियाको रुपमा प्रयोग गर्दा अन्य शब्दहरु बनाउ, उठाउ जस्ता “ आउ ” स्वर आउने शब्दहरु प्रयोग हुनु पर्छ देउ, लेउ जस्ता पछाडि “उ” मात्र आउने शब्द प्रयोग हुनु हँुदैन । गजलमा गजलकारको अभिब्यक्ति कौशलको विशिष्टतालाई “अन्दाजेबयाँ” भनिन्छ भने “अन्दाजेवयाँ” को सवालमा गजलको शैली प्रतिक र भावले प्रकट गर्दछ ।

त्यस्तै, गजलको अन्तीम शेरलाई “मक्ता” भनिन्छ जसको अर्थ अन्त्य हुनु हो ।
१. काफिया :
काफियालाई गजलको मुटु भनिन्छ । काफिया प्रयोगमा गजलकार जति सशक्त छ गजल त्यतिनै उत्कृष्ट हुन्छ । काफिया भनेको गजलको थालनि देखि अन्त्य सम्म आउने विन्यास हो । गजलमा एउटै काफिया दुई ठाउँमै आउनु हुँदैन । त्यस्तै पुग्छ संग आएको फुट्छ र माग्ने संग आएको चाख्ने ले पूर्ण काफियाको भूमिका निर्वाह गर्न सक्दैन । मुख र दुःख उच्चारण मुख हुनसक्छ तर दुख् हुन सक्दैन जुनबेला काफिया दोस देखापर्छ ।। सहि र सान्दर्भिक काफियाको प्रयोग गर्न सक्ने खुबिनै गजलकारको विशिष्ट चिनारी हो ।।



उदाहरण,

मुटु तिमीले चोरेर लिएपछी बेचैन छु ।।

ज्यान तिम्रो मुठ्ठिमा दिएपछी बेचैन छु ।।

यहाँ,
काफिया — लिएपछी, दिएपछी हो भने
रदिफ — बेचैन छु हो ।



२. रदिफ:

रदिफ गजलको अनिवार्य तत्व हो । प्रत्येक काफियाको पछि आउने र सुरुदेखि अन्त्य सम्म आईरहने शब्द वा पदावलिनाई रदिफ भनिन्छ । यो नभएको गजल असफल चाहिं हुँदैन तर रदिफ नभएका गजल रदिफ भएका गजलको तुलनामा कम गेय हुन्छ । रदिफ प्रयोगमा गजलकारले सचेत हुनुपर्ने भनेको नै भावअनुकुल उहि शब्दको आवृतिमा हो ।।

३. मतला

:मतला को अर्थ प्रारम्भ र सुरुवात हो । मतला भनेको गजलको प्ररम्भ हो अर्थात गजलको प्रथम सेर वा पहिला दुई हरफलाई मतला भनिन्छ अर्थात दुबैमा काफियाको प्रयोग भएको गजलको पहिलो शेरनै मतला हो ।

उदाहरण,

एक पल्ट प्रेम नसा, पिएरत हेर्नुस ।।
मस्त प्रेम आनान्दमा, जिएरत हेर्नुस ।।



प्रस्ताव यो प्रेमको, राखेकोछु हजुरलाई

सुरुवात मा रोतो गूलाफ, लिएरत हेर्नुस ।।

जिन्दगीमा प्रेम भन्दा, ठुलो कुरा केहि छैन

एक मुस्कान यता तिर, दिएरत हेर्नुस ।।

जीन्दगीको अर्को नाम, दुःख र सुःख हो

घाउ भए पुरानो, सिएरत हेर्नुस ।।

नोट ः

लेखक ः राम शरण श्रेष्ठ
माथिको गजलमा मतला भनेको
...............................
एक पल्ट प्रेम नसा, पिएरत हेर्नुस ।।
मस्त प्रेम आनान्दमा, जिएरत हेर्नुस ।
यहाँ
मिसरा ए उला — एक पल्ट प्रेम नसा, पिएरत हेर्नुस ।।
मिसरा ए सानी — मस्त प्रेम आनान्दमा, जिएरत हेर्नुस ।।
र दुबै लाईनलाई मिलाए पछि एउटा शेर बन्छ ।।



४. मक्ता :

अरबिमा समापन अर्थात समाप्तीलाई मक्ता भनिन्छ । गजलका सन्दर्भमा मक्ता भन्नेविक्तिकै गजलको समाप्तीको शेर भन्ने सम्झनुपर्दछ । कतिपय लेखकले जुन शेरमा तखल्लुस प्रयोग भएको छ त्यसलाई मात्र मक्ता भनेको पाईन्छ । याहाँ मक्ता भनेको अन्य हुनु हो चाहे तखल्लुस होस या नहोस ।। तखल्लुस भन्नाले गजलकारले आफ्नो नाम गजलको अन्तिम सेरमा सन्दर्भ भिलाएर प्रयोग गरेका हुन्छन , त्यसैलाई जनाउँछ । अन्तिम शेरमा गजलकारले आफ्नो नाम प्रयोग गर्दछ भने त्यसैलाई तखल्लुस भनिन्छ ।।

५. बहर:

गजलमा प्रयोग हुने फारसि वा उर्दु शास्त्रिय लयलाई बहर भनिन्छ अर्थात गजलमा प्रयोग हुने लय बिधालाई नै बहर हो । गजल लय विहिन हुन सक्दैन.. चाहे त्यो परम्परिक, सैदान्तिक होस वा स्वनिर्मित लय होस । गजल गेय विधा हो त्यसैले यसका लागि लय अनिवार्य हुन्छ । लय, छन्द वा वहर सबैले रचना भित्रको संगित चेतनालाई संकेत गर्दछ ।

६. मिसरा:

शेरका हरेक पंत्तिलाई मिसरा भनिन्छ । मिसराको उचित समायोजनमा एउटा पूर्ण शेर बन्छ । गजलमा समेटिने भिन्न खालका भावनालाई मिसराहरुले उचित समायोजन गरेका हुन्छन् । यो २ प्रकारको हुन्छ हरेक शेरको पहिलो हरफलाई “मिसरा ए उला” र तल्लो वा दोस्रो हरफलाई “मिसरा ए सानी” भनिन्छ ।

७. शेर:

अरबि भाषामा “शेर” भनेको कपाल हो । यद्यपि गजलको सन्दर्भमा शेर भनेको गजलका दुई हरफलाई बुझाउँछ । गजल यिनै शेरहरुको सयुक्त रुप हो । गजलमा यतिकै शेर हुनुपर्छ भन्नेत छैन तर न्यूनतम ३ देखि माथि २२ शेर सम्मका गजल रचना भएको पाईएतापनि ५ शेरको गजल उत्कृष्ट मानिन्छ ।।

तयार पार्ने,

राम शरण श्रेष्ठ

चिसापानी गा.वि.स, बडा नं. ६, रामेछाप


................................................................................

भाग दुई २ - " छन्द र रुक्न का वारे"

..........................................

छन्दमा आठओटा गणहरु हुन्छन । तिनै गणका आधारमा सम्पूर्ण छन्दको निमार्ण गरिन्छ । आचार्य पिङ्गलले गणनिर्धारणलाई सहज बनाउन एउटा सुत्रको निर्माण गरेका छन् ।
त्यो सूत्र हो ।
( य मा ता रा ज भा न स ल गा )



उपयल्लिखित सुत्रबात प्रत्येक तिन तिन अक्षर छुट्याउँदै र एक अक्षर निकाल्दै जाँदा एक एक गणहरु निस्किदै जान्छन् । यसलाई यसरि छुट्याउन सकिन्छ ।
क्रसं सुत्र सङ्केत गण उदाहरण

१. यमाता iss य जुनेली

२. मातारा sss म आएको

३. ताराज ssi त नेपाल
४. राजभा sis र चाहना
५. जभान isi ज रमेश
६. भानस sii भ सागर
७. नसल iii न रहर
८. सलगा iis स गमला
९. ल i लघु छ
१०. गा s गुरु यो



संस्कृतका पिङगल छन्दहरुजस्तै फारसीका पनि आफ्नै वहरहरु छन् । आचार्य पिङ्गलले निर्माण गरेका शास्त्रीय छन्दका आठओटा गणहरु भएजस्तै फारसी बहरका पनि आफ्नै गणहरु छन्, तिनलाई “रुक्न” भनिन्नछ । रुक्नहरुको समूहलाई “अर्कान” भनिन्छ । यिनै अर्कानबाट बहरहरु निर्माण हुन्छन् । शान्त्रिय पिङ्गल छन्दका गणहरु प्रत्येक तिन अक्षरले बनेका हुन्छन् तर रुक्नमा अक्षरगत एकरुपता पाईदैन । पिङ्गल छन्दनिमार्णमा लिखित बर्णविन्यसको विशेष भूमिका हुन्छ तर फारसि बहर चाहिँ उच्चारित ध्वनिका आधारमा ह्रस्व र दिर्घको निर्धारण गरिएको पाईन्छ । रुक्नमा ह्रस्व लाई (१) र दीर्घलाई (२) ले संङ्केत गरिन्छ । यसमा पनि संयुक्त ब्यञ्जन वा पाउका अन्त्यमा आउने वर्ण दिर्घ हुने पिङ्गल छन्दकै नियम लागू हुन्छ ।
फारसी बहरहरुका लागि पनि निश्चित रुक्नहरु निर्धारण गरिएका छन् तर संस्कृतमा जस्तो निश्चित र निर्विवाद अवस्था फारसीमा छैन । त्यहाँ कहि मूल रुक्नहरु छन् भने केहि चाहिँ मिश्रीत रुक्नहरु छन् । पिङ्गल छन्दमा जस्तै फारसीका पनि मूल रुक्नहरु आठओटै छन् तिनलाइ यसरी सूत्रात्मक रुपमा सङ्केत गर्न सकिन्छ ।
क्रसं रुक्न मात्रा सङ्केत उदाहरण

१. फऊलुन् (ल.गु.गु.) १२२ म हारेँ

२. फाइलुन् (गु.ल.गु) २१२ भावना

३. मफाईलुन् (ल.गु.गु.गु.) १२२२ लजाएको
४. फाइलातुन् (गु.ल.गु.गु.) २१२२ चाहनाको
५. मुस्तफ्इलुन् (गु.गु.ल.गु.) २२१२ आशा जले
६. मुतफाइलुन् (ल.ल.गु.ल.गु.) ११२१२ म त पीरमा
७. मुफाइलतुन् (ल.गु.ल.ल.गु.) १२११२ जलाइदियौ
८. मफ्उलातु (गु.गु.गु.ल.) २२२१ आशामात्र



प्रस्तुत मूल रुक्नहरुका अतिरिक्त कृहि रुक्नहरुको मिश्रीणबाट मिश्रीत रुक्नहरु पनि निर्माण भएका देखिन्छन् । यी सबै रुक्नहरुलाई एकै ठाउँमा राखेर प्रस्तुत गरिएको पनि पाईन्छ । तर यी आठओटा रुक्नहरु मूल हुन् भने अरु मिश्रीत रुक्नहरु हुन् भन्ने कुराको स्पष्ट जानकारी हुनु अनिवार्य छ । त्यस्ता मिश्रीत रुक्नहरु निम्नलिखित छन्, यिनलाई “जिहाफ” पनि भन्ने गरिन्छ र यिनको प्रयोग मुजाहिफ बहरमा गरिन्छ ।
क्रसं सुत्र सङ्केत गण उदाहरण

१. फा/फिइ, (गु.) २ यो

२. मफा (ल.गु.) १२ तिमी

३. फअ (ल.ल.) ११ भन
४. फिइलुन् /फैलुन् (गु.गु.) २२ शोभा
५. मफऊलु (ल.ल.गु.ल.) ११२१ मनमा छ
६. मफाईलु (ल.गु.गु.ल.) १२२१ रमाएछ
७. मुफाइलुन् (ल.गु.ल.गु) १२१२ यतै कतै
८. फइलुन् (ल.ल.गु.) ११२ मनमा
९. फऊलु (ल.गु.ल.) १२१ रमेश
१०. मुस्तफइलुन् (गु.ल.ल.ल.गु) २१११२ यो सहरमा
११ मुफ्तइलुन् (गु.ल.ल.गु) २११२ सँसारको
१२ मफ्ऊलु (गु.गु.ल.) २२१ आएर



१३ फाइलातु (गु.ल.गु.ल) २१२१ आजभोली
१४ फिइलातुन् (ल.ल.गु.गु) ११२२ सब बाधा
१५ मुफ्तइलातुन् (गु.ल.ल.गु.गु) २११२२ बादल छायो
१६ मुफाइलुतुन् (ल.गु.ल.ल.गु) १२११२ थियो मनमा
१७ मुफाईलातुन् (ल.गु.ल.गु.गु) १२१२२ नजिस्क सङ्गी
प्रस्तुत रुक्नहरु बहरका आधारभुमि हुन् । यिनको सचेत एवम् शिल्पगत प्रयोगबाट नै सुन्दर बहरवद्ध गजलहरुको निर्माण हुन्छ ।
धन्यवाद

रामशरण श्रेष्ठ

साभार:

गजल कसरी लोख्ने –किताव
देवी नेपाल, सुरेश सुवेदी, घनेन्द्र ओझा