Nepalese Lifestyle|language|Culture|Literature|Art and Entertainment|नेपाली जिवनशैली|साहित्य।भाषा/संस्कृति।कला र मनोरन्जन
Search This Blog
Sunday, January 25, 2015
Wednesday, January 14, 2015
माँघे संक्रान्ति
माँघे संक्रान्ति मनायौ होला तिमीले गाँउघरमा
नदी गई सुद्ध बन्यौ होला तिमीले गाउँघरमा।
यहाँ त बन्द कोठामै मनाईयो संक्रान्ति नदी गैएन
तरुल चाकु पकायौ होला तिमीले गाउँघरमा।
बिना बातीनै दिप जलाईयो यो महँगी शहरमा
सय थरी बाती जलायौ होला तिमीले गाउँघरमा।
खै यहाँ त खिर तिलका लड्डु केही पकाईएन
तेता त हर्स बडायौ होला तिमीले गाउँघरमा।
सूर्य मकर राशिमा बस्यो बसेन पत्तै भएन यहाँ
तेता चैँ सुर्य बसायौ होला तिमीले गाउँघरमा।
Subscribe to:
Comments (Atom)
